दंगीशरणमा मध्यकालीन खर्च संरचना तर्जुमा अभिमुखीकरण तथा कार्यशाला

दिप्तीशिखा चौधरी,

दंगीशरण, ९ फागुन ।
दंगीशरण गाउँपालिकामा मध्यकालीन खर्च संरचना तर्जुमा अभिमुखीकरण तथा कार्यशाला कार्यक्रम सुरु भएको छ । दंगीशरण गाउँपालिकाको आयोजना एंव साझेदारी संघियता सहयोगको समन्वय तथा स्वशासन अध्ययन प्रतिष्ठानले शहजीकरणमा दुई दिने कार्यशाला सुरु भएको हो ।
कार्यक्रमको उद्घाटनमा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले गाउँपालिकाको भविष्यको खाका कोर्न सम्बन्धित सबै सरोकारवालाहरुले विशेष महत्व र प्राथमिकता दिई सफल बनाउन जोड दिनुपर्ने बताउनुभयो । साझेदारीसंगको सहकार्यमा गाउँपालिकाको डिजीटल प्रोफाईल बनाउँने कार्य, नतिी कार्यनीती बनाउँने कार्यमा सफल भएको बताउँदै बाकि छुटेका कामहरुलाई पनि छिट्टै नै थालनी गर्ने गरि काम गर्न शाखागत कर्मचारीहरुलाई सहकार्य गरि अगाडि बढ्न निर्देशन दिनुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर खड्काले कार्यशाला निक्कै नै महत्वपूर्ण र राज्यले निर्देशन दिएको कार्य भएकोले चौतर्फी आलोचनाको बाबजुद पनि कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेे बताउनुभयो ।


गाउँपालिकाको दस्तावेज निर्माणका लागि गाउँपालिका भित्रका जनप्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरुको सहभागितामा विशेष महत्वका साथ कार्यशाला सुरु भएको हो ।

कार्यशालाबाट गाउँपालिकाको पाश्र्वचित्र, आयव्यय, पालिकाको बस्तुगत विश्लेषण, दीर्घकालीन सोच निर्धारण, विषयक्षेत्रगत उद्देश्य तथा रणनीति, विषयक्षेत्रगत उद्देश्य, रणनीति, मुख्य कार्यक्रम, अपेक्षित लगानी अनुमान र पालिकास्तरीय गौरवका आयोजना निर्धारण लगायतका बिषयमा छलफल गरि कार्य अगाडि बढाउँने प्रशिक्षक पूर्व सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिनुभयो ।
यस्तै राष्ट्रिय सुचना आयोग, पुर्व कार्यक्रम निर्देशक जगन्नाथ अधिकारीले योजना , मध्यकालीन खर्च संरचना जानकारी तथा वार्षिक वजेट विचको सम्बन्ध, मध्यकालीन खर्च संरचना तर्जुमा प्रक्रियाका चरणहरु, स्थानीय तहमा यसको तर्जुमा तथा कार्यान्वयनमा यसको चुनौती लगाएतका विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यशालामा सामाजीक पूर्वाभार, आर्थीक पूर्वाधार, सस्ंथागत पुर्वाधार, भौतीक पुर्वाधारका विषयमा छलफल गरिएको थियो । कार्यशाला भोली फागुन १० गते सम्म सञ्चालन हुनेछ । कार्यक्रमको सहजीकरण साझेदारी संघियता सहयोग कार्यक्रम दंगीशरण संयोजक माया चौधरीले गर्नुभएको थियो ।