होलेरीमा धार्मिक एवं सांस्कृतिक महोत्सव हुने

तुलसीपुर
९ फागुन / रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं.६ होलेरीमा श्रीमद भागवत पितृमुक्ती सप्ताह एवं सांस्कृतिक महोत्सव हुने भएको छ । यही फागुन १७ गतेदेखि १४ गतेसम्म उक्त महोत्सवको आयोजना गरिएको हो ।

माघ ११ गतेदेखि आयोजना गर्ने गरि तयारी गरिएको भएपनि कोरोना महामारीले गर्दा सोही समयमा सञ्चालन हुन सकेको थिएन । मुरुल्ले लेकमा अबस्थित अर्धनारेश्वर धामको बृहतर विकासकालागि उक्त महोत्सव सञ्चालन गर्न लागिएको हो ।


महोत्सवमा अन्तराष्ट्रिय स्वर्णपदक बिभूषित पं.अमृत देवाचार्यले श्रीमदभागवत पृतृमुक्ति सप्ताह धार्मिक एवं सांस्कृतिक महोत्सवमा बाचन गर्नेछन् । मुरुल्ले म्याग्जीनगढी पर्यटन विकास समितिले उक्त महोत्सवकोआयोजना गर्न लागेको हो ।