दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, प्रहरीद्वारा अश्रुग्यास प्रहार

दाङ
९ फागुन / दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । लमही–तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–३ भानुचोकमा लमहीतर्फ जाँदै गरेको प्रदेश नं. १ ०२००१ ख ९४०४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको रा २ प ८९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा १९ बर्षीय चालक अर्जुन खड्काको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालका अनुसार बिहान ९ बजेदेखि उक्त दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको हो । मृतकका आफन्तले घोराही–३ कुइरेपानी नजिकै सडक अवरुद्ध गर्दा लमही–घोराही सडकखण्डमा अबरुद्ध भएको छ । आफन्तीहरु आक्रोसित भएपछि प्रहरीले बल प्रयोग गरेको छ । भीड नियन्त्रण गर्न १२ राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।


मृतकका आफन्त ट्रक चालकलाई कारबाही गर्नुपर्ने र मृतकको परिवारलाई राहत दिनुपर्ने माग गरिरहेका छन् । ट्रकचालक रिरेन्द्रकुमार पूर्वेलाई नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ ।