तुलसीपुरका १२२० जनाले लगाए जोनसेन खोप

तुलसीपुर, १७ साउन /

तुलसीपुरका एक हजार दुईसय २० जनाले जोनसेन एण्ड जोनसेन खोप लगाएका छन् ।


आईतबारसम्म उक्त संख्यामा खोप लगाईएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले बताए ।

उनका अनुसार राप्ती प्रादेशिक अस्पताल, मावि सेन्टर, तुलसीपुर उद्योग बाणिज्य संघ, हेमनगर, हेमन्तपुर, मेट्रो अस्पतालमा उनीहरुले खोप लगाएका हुन् । जिल्लामा जोनसेन एण्ड जोनसेन खोप लगाउने कार्य जारी छ ।