लुम्बिनीमा सडक मर्मत गर्न वातावरणीय अध्ययन गर्न नपर्ने

तुलसीपुर, २९ माघ ।
लुम्बिनीमा सडक मर्मत सम्भार एवं स्तरोन्नती गर्नकालागि संक्षिप्त वातावरणीय अध्ययन गर्न नपर्ने भएको छ । वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयका अनुसार यस अघि सडक मर्मत सम्भार एवं स्तरोन्नतीकालागि संक्षिप्त वातावरणीय अध्ययन गर्नुपर्ने ब्यबस्था भएपनि अब भने त्यसो गर्न नपर्ने गरि नियमावली संसोधन गरिएको मन्त्रालयका सचिब मोहनराज काफ्लेले बताए ।

उनका अनुसार प्रदेश तथा स्थानीय तहमा विगतमा निर्माण भइ सञ्चालनमा रहेका सडक, अधिकार क्षेत्रभित्र विस्तार गर्न नपर्ने गरि मर्मत, सम्भार तथा स्तरोन्नतीकालागि संक्षिप्त वातावरणीय अध्ययन गर्न नपर्ने गरि नियमावली संसोधन गरिएको हो ।


प्रदेशको वातावरणी संरक्षण नियमावली २०७७ मा उक्त संसोधन गरिएको हो । यसले गर्दा सडक मर्मत तथा सम्भार एवं स्तरोन्नतीमा ढिलासुस्ती नहुँने उनको भनाई थियो ।