घोराही उपमहानगरः गठबन्धन २०७ मतले अघि

दीपक बोहरा
दाङ,१ जेठ ।

दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका हेमराज शर्मा २०७ मतले अघि छन् । आईतबार साँझ साढे ५ बजेको मतपरिणाम अनुसार शर्माले ६२०८ मत प्राप्त गरेका छन्, भने निकटतम प्रतिद्वन्दी एमालेका नरुलाल चौधरीले ६००१ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनतर्फ कांग्रेसका भुपबहादुर डाँगीले ६६४९ मत प्राप्त गरेका छन्, भने एमालेका हुमा डीसीले ५ हजार ७७३ मत प्राप्त गरेकी छिन् । गठबन्धनले सुरुवात देखि नै अग्रता कायम गरेको छ । साथै घोराही उपमहानगरपालिका वडा नं. १९ मा गठबन्धनका तर्फबाट काँग्रेसका ज्ञानबहादुर रायमाझीले विजयी हाँसिल गरेका छन् । उनले एमालेका हर्कबहादुर घर्तीलाई पराजित गरेका हुन् । घर्ती यस अघिको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए ।


अहिलेसम्म दाङका २१ वटा वडाको नतिजा सार्वजनिक भइसकेको छ । ति मध्ये काँग्रेस र माओवादीले ७/७ र एमालेले ६ वटा वडामा विजयी हाँसिल गरेको छ ।