राष्ट्रियसभा निर्वाचनः दाङका जंगली अपाङ्ग नभएको भन्दै दावी विरोध

दाङ,२५ पुस ।
आगामी माघ ११ गते हुन लागिरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि लुम्विनी प्रदेशबाट नेपाली काँग्रेस उम्मेद्वारी दिएका दाङ लमही निवासी राष्ट्रियसभा सदस्य उम्मेद्वार बासुदेव घिमिरे –जंगली) बिरुद्ध दाबी बिरोध परेको छ । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेद्वार बनेका बैजानाथ गाउँपालिका –५ बाँकेका सर्जन बि.क.ले घिमिरे बिरुद्ध उजुरी दाबि बिरोध पेश गरेका हुन् ।

नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेद्वारी दिएका घिमिरेको आखाँमा सामान्य टेढोपन भएपनि त्यो प्रचलिन कानुुनले अंपागताको सूचिमा समावेश नगरेकाले राजनितिक दबाव र प्रभावमा घिमिरेले अंपागता परिचय पत्र लिई कानुनी राज्यको बर्खिलाप गरेका आरोप लगाउदै बिकले घिमिरे बिरुद्ध दाबि बिरोध पेश गरी उम्मेद्वारी खारेजीको माग राखेका छन् ।

अपाङ्गता भएको व्यक्तिहरुको अधिकार सम्वन्धी ऐन २०७४ को (पहिलो संसोधन) ऐन २०७५ (दफा ३ को उपदफा (२) स्पष्ट दृष्टि सम्वन्धी अपाङ्गता स्पष्ट खुलाएको छ । २ (क) ले दृष्टि बिहीनताः औषधी, शल्य चिकित्सक , चस्मा वा लेन्सको प्रयोगवाट पनि दुुवै आखाँले हातको औला दश फिटसम्म दुरीबाट छुुट्याउन नसक्ने वा स्नेलेन चार्टको पहिलो लाइनको अक्षर (३/६०) मा पढ्न नसक्ने व्यक्ति स्पष्ट व्याख्या गरेको छ ।


त्यस्तै २ (ख) न्युन दृष्टियुक्त औषधी, शल्य चिकित्सक , चस्मा वा लेन्सको प्रयोगवाट पनि दुुवै आखाँले हातको औला बीस फिटसम्म दुरीबाट छुुट्याउन नसक्ने वा स्नेलेन चार्टको चौथो लाइनको अक्षर (६/१८) मा पढ्न नसक्ने व्यक्ति स्पष्ट खुुलाएको छ । त्यस्तै २ (ग) पूर्ण दृष्टि बिहीन भन्नाले पूर्ण रुपमा उज्यालो र अध्याँरो छुट्याउन नसक्नेलाई उल्लेख गरेको छ ।

कानुनले दृष्टि बिहीन अपाङ्गता भएका व्यक्तिहरुका लागि स्पष्ट कानुुनी व्याख्या गरे पनि घिमिरेले कानुुनले व्याख्या नभएका व्यक्ति रहेकाले उमेर अवस्थासँगै आखाँमा आएको दृष्टि कमजोरी र आखाँ टेढोपन देखाउदै राजनीतिक दबाब वा प्रभावमा कानुुन विपरित काम गरेकाले उनी बिरुद्ध उजुरी परेको हो ।