चीनले दियो राप्ती प्रादेशिक अस्पतालमा फोहर व्यबस्थापन सामग्री

तुलसीपुर
६ असोज / दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताललाई फोहर व्यबस्थापन सागम्री सहयोग गरिएको छ । चीन सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडीपी)ले चिकित्सा तथा फोहर व्यबस्थापन सम्बन्धी आपूर्ति सागम्रीहरु सहयोग गरेको हो ।

अस्पतालबाट उत्पन्न हुने फोहरको उचित व्यबस्थापन सुनिश्चित गर्न अटोक्लेभ, सेग्रिगेशन ट्रली, इन्क्यूबेटरलगायत स्वचालित लण्ड्री मेसिन सहयोग गरिएको हो । त्यस्तै उक्त सामग्री प्रयोग गर्नकालागि स्वास्थ्यकर्मीहरुलाई तालीम पनि प्रदान गरिने भएको छ । यस अघि अस्पतालको फोहर व्यबस्थापनमा चुनौति थियो । अब भने त्यो समस्या अन्त्य हुने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।‘बर्षादका समयमा बजारदेखि दक्षिण तर्फका किसानहरु अस्पतालका सिरिञ्ज, सिसाहरु खेतमा गएर खेति गर्न नै गाह्रो भयो भनेर धर्ना दिन आउनुहुन्थ्यो’, उनले भने‘अब यो समस्या अन्त्य हुनेछ ।’


त्यस अवसरमा युएनडपीका आवासीय प्रतिनिधि आईशानी मेडागाल्गोडा वाबेले अब्यबस्थित स्वास्थ्यजन्य फोहरले कार्बनडाईअक्साईको उत्सर्जनमा बढावाले पृथ्वीको तापक्रम बढने बताइन । यसले मानव स्थास्थ्यमा असर गर्ने भन्दै आफूहरुले त्यसकालागि सहयोग गरेको बताईन् । अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अस्पतालका कर्मचारी जीवन खड्काले गरेका थिए ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'