बुटवल, ११ मंसिर ।
लुम्बिनीमा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम नतिजा आइसक्दा नेकपा एमाले ठूलो दल बनेको छ । प्रत्यक्षतर्फका ५२ क्षेत्रमध्ये एमालेले १८ सिट जितेर पहिलो दल बन्दा नेपाली कांग्रेस १७ सिट जित्दै दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्रले जम्मा पाँच सिट जितेर तेस्रो बनेको छ ।
यस्तै, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले समान दुईरदुई सिट जितेका छन् भने माओवादीबाट विद्रोह गरेका तीनजना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन् ।
सिके राउत नेतृत्वको जनमत पार्टीले पनि एक सिट जितेर प्रदेश सभामा उपस्थिति जनाएको छ । २०७४ को निर्वाचनमा प्युठानबाट एक सिट जितेको राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीले भने प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेनन् ।
यसअघिको प्रदेश सभामा पाँच दलको प्रतिनिधित्व रहेकामा अब कम्तीमा ८ दलको प्रतिनिधित्व हुनेछ । लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी,जनमत र राप्रपा नयाँ दलका रुपका थपिएका हुन् ।
२०७४ को प्रदेश सभा निर्वाचनमा वाम तालमेल हुँदा प्रत्यक्षतर्फ एमालेले २७, माओवादी केन्द्रले १४, नेपाली कांग्रेसले ७, जसपाले २, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले एक र हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहले एक सिट जितेका थिए ।
यसपटक सत्तारुढ दलहरुबीचको गठबन्धन हुँदा प्रत्यक्षतर्फ नेकपा एमालेले ९ सिट गुमाएको छ भने माओवादी केन्द्रले पनि ९ सिट गुमाएको छ । कांग्रेसले भने गठबन्धनको बलमा नेपाली कांग्रेसले १० सिट थपेको छ ।
यस्तो छ दलगत उपस्थिति:
नेकपा एमाले
१. लिला गिरी – रुपन्देही २(१)
२. भोजप्रसाद श्रेष्ठ – रुपन्देही २(२)
३. तुल्सीप्रसाद चौधरी- रुपन्देही ३(२)
४. भुमिश्वर ढकाल – रुपन्देही ५(१)
५. चिन्तामणि पाण्डे – गुल्मी १(१)
६. डिल्लिराज भुसाल – गुल्मी २(१)
७. दिनेश पन्थी – गुल्मी २(२)
८. राजुप्रसाद श्रेष्ठ – पाल्पा १(१)
९. खेमबहादुर सारु – पाल्पा १(२)
१०. चेतनारायण आचार्य – अर्घाखांची १(२)
११. राजजीप्रसाद घिमिरे – अर्घाखांची १(२)
१२. विष्णु पन्थी – कपिलवस्तु १(१)
१३. मधुशरणप्रसाद चौधरी – कपिलवस्तु १(२)
१४. नवराज लामिछाने – कपिलवस्तु २(१)
१५. अर्जुनकुमार केसी – कपिलवस्तु ३(१)
१६. तुल्सीराम शर्मा – प्युठान १(१)
१७. दुर्गाप्रसाद चौधरी – बांके १(२)
१८. रत्नबहादुर खत्री – बांके ३(१)
नेपाली कांग्रेस
१. विश्वप्रेम पाठक – नवलपरासी १(१)
२. देवकरणप्रसाद कलवार – नवलपरासी १(२)
३. अब्दुल रज्जाक गद्दी – रुपन्देही १(२)
४. वसिउद्दिन खां – रुपन्देही ४(२)
५. सुधाकर पाण्डे – कपिलवस्तु २(२)
६. सरोज थापा – रोज राणा – प्युठान १ (२)
७. अनुराग खड्का – दाङ १(२)
८. राजु खनाल – दाङ २(१)
९. प्रचण्डविक्रम न्यौपाने – दाङ २(२)
१०. डिल्लीबहादुर चौधरी – दाङ ३(१)
११. बादशाह कुर्मी – बांके ३(२)
१२. धनबहादुर केसी – रुकुमपुर्व १(२)
१३. भुवनेश्वर चौधरी – बर्दिया १(१)
१४. जन्मजय तिमिल्सेना – बर्दिया २(१)
१५. बीरबहादुर राना – पाल्पा २(१)
१६. धनेन्द्र कार्की – गुल्मी १(२)
१७. बैजनाथ कलवार जैसवाल – नवलपरासी २(२)
नेकपा माओवादी केन्द्र
१. जोखबहादुर महरा – रोल्पा १(१)
२. इन्द्रजित थारु – दाङ १(१)
३. कृष्णा केसी – बांके १(१)
४. तुलाराम घर्ती – पाल्पा २(२)
५. धनबहादुर मास्की – दाङ ३(२)
जनता समाजवादी पार्टी
१. भण्डारीलाल यादव – बाँके २(१)
२. आदेशकुमार अग्रवाल – बाँके २(२)
लोकतान्त्रिक समाजवादी पार्टी
१. सन्तोष पाण्डे – रुपन्देही ३(१)
२. कन्हैया बनिया – रुपन्देही ४(१)
राष्ट्रिय प्रजातन्त्र पार्टी
१. आशिषकुमार चौधरी – रुपन्देही १(१)
२. जानकीप्रसाद यादव – कपिलवस्तु ३(२)
नागरिक उन्मुक्ति पार्टी
१. राजकुमार चौधरी – बर्दिया १(२)
२. धर्मबहादुर चौधरी – बर्दिया २(२)
जनमत पार्टी
१. चन्द्रकेश गुप्ता – रुपन्देही ५(२)
स्वतन्त्र (सबै माओवादीका बागी)
१. दीपेन्द्र पुन – रोल्पा १(२)
२. सरुल पुन -रुकुमपुर्व १(१)
३. खड्ग बस्नेत – नवलपरासी २(२)
लाइभदाङ । ११ मंसिर २०७९, आईतवार १४:५६ बजे