फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं
७ फागुन /
नेपाल आयल निगमले पेट्रोलियम प्रदार्थको मूल्य फेरि बढाएको छ। निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा र मटिलेलमा ३र३ रुपैयाँ मूल्य वृद्धि गरेको हो।

नयाँ मूल्यअनुसार उपत्यकामा पेट्रोल १ सय ४५ रुपैयाँ, डिजेल र मटितेल १ सय २८ प्रतिलिटर पर्नेछ। यसअघि निगमले माघ १८ गते पेट्रोलियम पदार्धको मूल्य वृद्धि गरेको थियो।


खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको निगमले जनाएको छ। निगममा सहप्रवक्ता पुष्कर कार्कीद्वारा जारी विज्ञप्तिमा मूल्य समायोजन पश्चात पनि १५ दिनको घाटा २ अर्ब १५ करोड हुने जनाइएको छ।