टिकटकले घर-घरमा कलाकार उत्पादन ग¥यो : महानायक हमाल

निरला अर्याल
दाङ, ९ फागुन ।
नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले टिकटकले घर-घरमा कलाकार उत्पादन गरेको बताउनुभएको छ । हरेक व्यक्ति कलाकार बनेको समयमा नेपाली चलचित्रमा थप चुनौति र मिहनेतको आवश्यकता परेको हमालको भनाइ छ ।

चलचित्र पत्रकार संघ नेपाल दाङले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै हमालले भन्नुभयो ‘पहिले चलचित्रमा प्रवेश गरेका व्यक्ति मात्र अभियनमा पोख्त हुन्थे तर अहिले पछिल्लो समय धेरै व्यक्ति सहज रुपमा अभिनयमा दक्ष भएका छन् ।’


नायक हमालले सामान्य खालको छायांकन गरेर दर्शकहरुको चाहान पुरा गर्न नसकिने बताउनुभयो ।समय सापेक्ष समाजलाइ मिल्दोजुल्दो आम नेपालीको जीवनशैलीलाइ प्रतिविम्बीत गर्ने घर आँगनका कथा वस्तुलाइ चलचित्रममा उर्तानुपर्छ उहाँले भन्नुभयो । तर धेरै जसो चलचित्रकर्मीहरु सजिलो बाटोमा लाग्नुभाछ ।

यसै अनुरुप सामाजिक राजनैतिक मुद्धाहरुलाइ मनोरन्जनको माध्यमबाट दिन सकियो भने नेपाली चलचित्रले फड्को मार्ने हमालको भनाइ छ । चलचित्र पत्रकार संघ नेपाल दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा संघका निर्वतमान अध्यक्ष शिव पुनले स्वागत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण सचिव निरला अर्याले गर्नभएको थियो ।