मावि सौडियारको निमित्त प्रधानाध्यापकको जिम्मेवारी हिरालाल न्यौपानेलाई

दाङ, २६ भदौ ।
श्री माध्यमिक विद्यालय घोराही–७, सौडियारको निमित्त प्रधानाध्यापकको जिम्मेवारी मावि तहका गणित शिक्षक हिरालाल न्यौपानेले पाउनुभएको छ ।

शुक्रबार विद्यालय व्यवस्थापन समितिको बैठकले द्वितीय श्रेणीका शिक्षक न्यौपानेलाई आगामी असोज ५ गतेदेखि लागू हुने गरी निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

विद्यालयको वर्तमान शैक्षिक अवस्थालाई थप सुधार गर्दै शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउने तथा विद्यालय परिवारका सबै पक्षलाई समेटेर अघि बढ्ने विश्वासका साथ न्यौपानेलाई जिम्मेवारी दिइएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । समितिले उहाँको कार्यकाल सफलताको शुभकामनासमेत व्यक्त गरेको छ ।

विद्यालयलाई हालको अवस्थासम्म ल्याउन तथा शैक्षिक अवस्था सुधारका लागि मेहनत, परिश्रम र महत्वपूर्ण योगदान पुर्‍याउनुभएका विद्यालयका प्रधानाध्यापक तथा मावि तहका विज्ञान शिक्षक नन्दबहादुर वली र सहायक प्रधानाध्यापक तथा प्रावि तहका प्रथम श्रेणीका शिक्षक दामोदर पाण्डेलाई विद्यालय व्यवस्थापन समितिले विशेष धन्यवादसहित आभार व्यक्त गरेको छ ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी बुढाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसैबिच निबर्तमान बिब्यस अध्यक्ष निशानदाजु भट्टराई र निबर्तमान शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कुवरले प्रअ नन्द वलि र सहायक प्रअ दामोदर पाण्डेले आजसम्म विद्यालयप्रति पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनहरूमा पनि विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि उहाँको निरन्तर सहयोग र साथ रहनेछ भन्ने अपेक्षा लिएको बताउनु भयो ।

भट्टराईले बिद्यालयको नयाँ प्रशासनलाई पद भन्दा बाहिर रहेर पनि जिम्मेवारी निर्बाह गरेर आफ्नो भुमिका बढाउने अपेक्षासहित बिद्यालयको शैक्षिक सुधारमा जिम्मेवारी बाहिर रहदा पनि खबरदारी गरेर अभिभाबक, शिक्षक, बिद्यार्थी र स्थानीय समुदायको मन जित्ने काम गर्न आग्रह गर्नुभयो । बिद्यालयको समग्र बिकास नै सर्बोपरि रहेको भन्दै बिब्यस र शिक्षक खटेर अभिभाबकको मन जितेमा स्कुल परिबर्तन गर्न सकिन्छ भन्ने आफ्नो कार्यकालमा बलियो शन्देश दिन दिन सफल भएकोमा सबैलाई धन्यवाद तथा आभार प्रकट उहाँले गर्नुभयो ।

त्यस्तै बिद्यालयको प्रअ भइ सफल कार्यकाल बिताउनु भएका शिक्षक नन्द वलिले सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै फेसबुकमा मार्फत लेख्दै भन्नुभएको छ(ञञ२०८० चैत्र १८ गतेदेखि श्री माध्यमिक विद्यालय सौडियार दाङको प्रशासन प्रमुखको भूमिकामा रही विद्यालयको शैक्षिक भौतिक एवं नैतिक विकासमा मलाई सहयोग गर्नुहुने सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू , शिक्षक अभिभावक सङ्घका सम्पूर्ण पदाधिकारीहरू , स्थानीय जनप्रतिनिधि , अक्षकोष दाता ज्यूहरू , स्थानीय राजनीतिक दल, शिक्षा प्रेमी बुद्धिजीवी, अभिभावकहरू, शिक्षक कर्मचारीहरू एवं विद्यार्थी भाइबहिनीहरूमा हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। साथै मेरो व्यक्तिगत स्वार्थ बाहेक विद्यालयको हितमा काम गर्ने क्रममा मेरो तर्फबाट कुनै व्यक्ति विशेषलाई ठेस पुग्न गएको भए हृदयदेखि क्षमा प्रार्थी छु।

विद्यालय प्रशासनको प्रमुख भएर काम गर्दैगर्दा मबाट कसै व्यक्ति विशेषप्रति चित्त दुख्ने कार्य भएको भए साथै प्रशासनको क्षेत्रबाट कसैलाई असर पर्न गएको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै क्षमा याचना गर्दछु। मेरो लक्ष्य केवल विद्यालयको हितमा मात्र रहेको हुँदा आगामी दिनहरूलाई बिर्सिँदै नयाँ जिम्मेवारमा आउनुहुने विद्यालय प्रशासनको टिमलाई मेरो पूर्ण समर्थन रहने समेत प्रतिबद्धता जाहेर गर्दै पुनः मेरो कार्यकालमा विद्यालयको विकासमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरूलाई हार्दिक आभार व्यक्त गर्दछु।झझ