दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ, २३ भदौ ।
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–६ मनीकापुरका करिब ५५ वर्षीय जितबहादुर परियार रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

प्रहरीका अनुसार गत भदौ २१ गते राति करिब ११ बजेतिर आफन्त चन्द्रबहादुर परियारको घरमा पाहुना गएका जितबहादुर राति पिसाब फेर्न घरबाहिर निस्कने क्रममा टिनले छाएको बरन्डाको फलामे पाइपमा प्रवाह भइरहेको करेन्टको सम्पर्कमा आउनुभएको थियो ।


करेन्ट लागेर गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।