तुलसीपुर, १ भदौ । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले पार्टी र नेता सुध्रिन आबश्यक रहेको बताउनुभएको छ ।
रुपान्तरण अभियान अन्तर्गत शुक्रबार प्रदेशका जनबर्गीय संगठनका अध्यक्ष र इञ्चार्जहरुको समन्वयात्मक बैठकमा उहाँले जनतामा माओवादीहरुको बिचार, राजनीतिले आमुल परिबर्तन भएको भन्दै त्यसलाई जनासम्म पुर्याउन नसक्नु नेताकै कमजोरी रहेको बताउनुभयो ।
उहाँले पार्टीका कारण भएका परिबर्तनलाई जनतामा पुर्याउने गरि तीन महिने अभियानलाई सार्थकता तुल्याउनु पर्ने बताउनुभयो । उहाँले बर्तमान सरकारले भ्रष्टाचार विरुद्धको अभियानलाई तिब्रता दिएको भन्दै यो अभियानमा सबैले साथ दिनु पर्ने समेत बताउनुभयो ।
बर्तमान सरकारले जनतामा आशा दिलाएको भन्दै उहाँले यो कुरा वडा तहका जनतासम्म बुझाउनु पर्ने बताउनुभयो ।
लाइभदाङ । १ भाद्र २०८०, शुक्रबार १७:१२ बजे