
तुलसीपुर, १६ भदौ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको बाँकेको कोहलपुरमा खुट्टाको सफल शल्यक्रिया (अपरेशन्) गरिएको छ ।
मंगलबार बिहान लडेर घाइते भएका नगर प्रमुख खड्काको दायाँ खुट्टा फ्याक्चर भएको थियो । उनी भान्से घरमा रहेको बार्दलीको पटरा (काठको फलेक) भाँच्चिएर लडेका थिए ।
घाइते भएलगत्तै उनलाई तुलसीपुरस्थित सिटी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । त्यहाँ प्राथमिक उपचार गरेपश्चात् उनलाई थप उपचार तथा शल्यक्रियाका लागि कोहलपुर लगिएको हो ।
कोहलपुरमा डा. गोपाल सागर डीसी र उनको टोली (टिम गोपाल सागर) ले नगर प्रमुख खड्काको खुट्टाको सफल शल्यक्रिया सम्पन्न गरेको छ ।



लाइभदाङ । १६ भाद्र २०८३, मंगलवार २१:४३ बजे