ह्युमेडको दोश्रो स्थापना दिवश भाङवारीमा

देविराम कुसारी,
गंगटे, २२ पुस ।
मानविय सहायता नेपाल (ह्युमेड) संस्थाले आफ्नो दाश्रो स्थपना दिवश पश्चिम दाङको भाङवारीमा मनाएको छ । बंबई गाँउपालिका १ भाङवारिमा रहेको जनकल्यान आधारभुत विद्यालयमा संस्थाले शैक्षिक सामाग्रि वितरण गरी स्थापना दिवश मनाएको हो ।

संस्थाका अध्यक्ष वसन्त पोख्रेलको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक खिम बहादुर घर्तिको प्रमुख अथित्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतसिं सिन्जालीको विशिष्ट अथित्यमा भएको कार्यक्रममा विद्यलयका १४ जना छात्र छात्रालाई शैक्षिक सामाग्रि वितरण गरिएको थियो ।


कार्यक्रमलाई सम्वोधन गर्दै विद्यालयका प्रधानाध्यापक घर्तिले दाङको कर्णाली भनेर चिनिने भाङवारी जस्तो विकट ठाँउलाई स्थपना दिवशका लागि छनोट गरेको प्रति संस्थालाई धन्यवाद दिनुभएको थियो । कार्यक्रमा वोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिन्जालिले आफ्नो अनुभवमा संघ स्सथाले भाङावारीमा स्थापना दिवश मनाएको यो नै पहिलो भएको भन्दै संस्थाले चाहेमा हातेमालो गर्न तयार भएको वताउनु भयो । संस्थाका सचिव देविराम कुसारीले सहजिकरण गरेको कार्यक्रममा शिक्षिका टिकाकुमारी केसीले ह्युमेडले गरेको यो काम अनुकरणिय भएको बताउनु भयो ।

सामाजिक संघ संस्था सुगममा केन्द्रित भैरहेको अवस्थामा दुर दराजका स्थानियलाई साथै छौं भन्ने होसला दिनको लागि स्थापना दिवस मनाउन भाङावारी आएको संस्थाका अध्यक्ष पोख्रेलले बताउनु भएको थियो । कुनै दात्रि संस्थाको विना सहयोग सदस्य वाट संकलित रकमवाट संस्थाले विकट समुदायमा सचेतना तथा मानविय सहायत दिदै आएको संस्थाका सदस्य रत्न खड्काले जानकारी दिनुभएको छ ।