भाेटेकोशीमा तुलसीपुरकी पराजुली सम्पर्कविहीन

तुलसीपुर, ११ भदाै ।
भोटेकोशीमा आएको बाढीपछि दाङको तुलसीपुर उपमहानगरपालिका–७ हात्तीखौवा निवासी २८ वर्षीया नारायणी पराजुली सम्पर्कविहीन भएकी छन् ।

पराजुली विभिन्न देशका २७ जना पर्यटकसहितको टोली लिएर रसुवा गएकी थिइन उनीहरु टिमुरेसम्म आइपुग्दा बिहान ८ बजेर ४० मिनेटसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको परिवारले जनाएको छ।


नारायणीका बुवा देविराम पराजुलीका अनुसार बिहान ८ः४० बजेसम्म छोरीसँग सम्पर्क भएको थियो। त्यसपछि भने पटक–पटक सम्पर्कको प्रयास गर्दा पनि सम्पर्क हुन सकेको छैन।