दाङमा रुखबाट लडेर सुनारको मृत्यु

दाङ
४ फागुन / दाङमा रुखबाट लडेर एक ब्यक्तीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार राप्ती गाउँपालिका वडा नं. १ चैते शान्तिपुरका २६ बर्षीय दिपक सुनाको रूखबाट लडेर मृत्यु भएको हो ।


बुधबार बिहान साढे ११ बजेतिर घर नजिक सालको रूखको हाँगा काट्न रूखमा चढेका बेला रूखको हाँगाले उछुटिएर उनी खसेर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका उनको भालुवाङ प्रस्ताबिक अस्पतालमा पु¥याए लगातै प्रहरीले मृत घोषणा गरेको थियो । उनको शवलाई परीक्षणकालागि लमही अस्पताल लगिएको छ ।