एक एम्बलेन्स चालक : जसले दिदैछन्, वडाका विरामीलाई निःशुल्क सेवा

तुलसीपुर, २३ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको छ । वडा नम्बर १२, रझेनाका एम्बुलेन्स चालक सुवास रिजालले यो सेवा सुरु गरेका हुन् ।

रिजालले मृगौला पिडित बिरामीलाई अस्पतालसम्म पु¥याउने तथा मृत्यु भएका व्यक्तिको अन्तिम संस्कारका लागि घाटसम्म लैजानकालागि निःशुल्क एम्बुलेन्स सेवा दिने बताएका हुन् ।

आफ्ना बुवा समेत मृगौला समस्याका कारण निधन भएको भन्दै मृगौला पीडितहरुको अबस्थालाई मध्येनजर गरि यो सेवा सुरु गरिएको उनले बताए ।

त्यस्तै उनले तुलसीपुर–६ स्थित मानव सेवा आश्रममा आश्रय लिएका व्यक्तिहरुलाई औषधी उपचारका लागि अस्पताल लैजान पनि निःशुल्क एम्बुलेन्स सेवा दिने बताए ।


रिजालले २४ सैं घण्टा सेवा दिने समेत बताए । त्यसकालागि ९८५७८२२२५४ वा ९८४६८९२३९४ नम्बरमा सम्पर्क गर्न सकिने उनको भनाई छ ।

२१ साउनमा परेको जन्मदिनको अवसरमा उनले यस्तो सेवा सुरु गरेका हुन् । उनी विगत १४ वर्षदेखि एम्बुलेन्स चालकका रूपमा कार्यरत छन् । हाल संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रिय सचिवालय सदस्य समेत हुन् ।