तुलसीपुरमा अब्यबस्थित तार नहटाउनेलाई कारवाही गर्ने

तुलसीपुर, १७ चैत । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले अब्यबस्थित तार नहटाउनेलाई कारवाही गर्ने तयारी गरेको छ । प्राधिकरणले तुलसीपुरका सबै केबुल तथा इन्टरनेट वितरक कम्पनीसंग बैठक गरि तार नहटाउनेलाई विद्युत लाईन काट्नेसम्मको निर्णय भएको छ ।“हामीले पटक–पटक अल्टिमेटम दिएपनि कुनै पनि कम्पनीले प्रभाबकारी काम गरेको पाइएन”, वितरण प्रमुख ज्ञानप्रसाद फर्सालले भने“त्यसैले हामीले कडा रुपमा अघि बढेका छौं ।”

अब्यबस्थित तारले बजार कुरुप बन्दै गएको भन्दै यसलाई ब्यबस्थित गर्नकालागि आगामी सोमबारदेखि शुक्रबारसम्म नियमित तार हटाउने गरि तयारी गरिएको छ । तुलसीपुरमा नेपाल टेलिकमसहित १२ वटा त्यस्ता कम्पनी छन् । ति सबै विहान ११ बजेदेखि सहभागि भएर अब्यबस्थित तारलाई ब्यबस्थित गर्ने निर्णय भएको छ । यदि नियमित दुई पटकसम्म सहभागि नहुँने र आफ्नो तार ब्यबस्थित नगर्ने कम्पनीलाई विद्युतको नियम अनुसार कारवाही गर्ने निर्णय भएको छ ।


यस अघि पटकपटक सार्वजनिक सूचना प्रकाशित गर्नेदेखि कार्यालयमा समेत पत्र पठाउँदा पनि कुनै काम नभएपछि प्राधिकरण प्रमुख फर्सालसहितको टोली आफै कार्यालयहरूमा पुगेर मौखिक र लिखित रुपमा जानकारी समेत गराएको थियो । १२ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्र काटेको भएपनी नेपाल टेलिकम, भायोनेट, सुविसु,, टेकमाइण्ड, ओपन स्काई, टिपी लिंक, वल्डलिंक, डिस मिडिया नेटवर्क र एभरेष्ट वायरलेस कम्पनीका प्रतिनिधीहरु मात्रै छलफलका लागि सहभागि थिए । तर, स्वर्गद्धारी, नियोलिंक र एनसेलबाट कुनै कर्मचारी सम्पर्कमा नआएको प्रमुख फर्सालले बताए ।

प्राधिकरण र सेवा प्रदायक निकायकाबीच २०७९ मंसिर २७ गते एकहप्ता भित्र तार व्यवस्थित गर्न सहमति भएको थियो । तुलसीपुरको विरेन्द्र चोकदेखी पश्चिममा कालीमाटी, पूर्वमा हेमन्तपुर, दक्षिणमा दमारगाउँ र उत्तरमा राम्रीको क्षेत्रभित्रका पोलहरुमा विस्तार गरिएका तारलाई व्यवस्थित गर्न प्राधिकरणले आग्रह गर्दै आइरहेको छ ।