सारंगीको धुनमा पहिचान खोज्दै चक्र गन्दर्भ

बिहान ७ बजेको थियो । कोठाबाहिर मधुर आवाज सुने । कतै सुने जस्तै, गायकले गुनगनाए जस्तै । बिस्ताराबाट बाहिर आगनमा गए सारंगी अनि एकजना गाईने दाईलाई देखें । गाइने दाईको सारंगीको धुन अनि दाईको आवजमा राम्दीपुल तरनेबित्तिकै बोलको गित गाउने क्रम जारी थियो आँखा मिच्दै कोठा बाहिर निस्केको म, मेरा आँखा र निद्रा दुबैले एकै पटक प्रकाश पाए झै लाग्यो ।

मेरा घरका कुनै सदस्य त्यहा थिएन् । न त गाउँले नै देखें । निराश मुद्रामा देखिएका गाईनेदाई मलाई देखेपछि थोरै मुस्कुराए । करिब चार बर्ष बिदेशमा बसेर आएको म गाईने दाईको छेउछाउमा कोहि नभएको देख्दा अचम्म लाग्यो । गाईने दाईको निराशापनले थोरै घच्घचायो । बिगतलाई सम्झिए । गाईने दाई गाँउमा आउँदा कति धेरै जम्मा हुन्थ्यौं । सारंगीको धुन सुन्थ्यांै । गाईने दाईको मधुर आवाजमा गित सुन्थ्यौं । आज म एक्लै थिए । कति मिठो गित गाउने दाई रहेछन् भनेर कानेखुसी गर्ने साथी थिएनन् । नत गाँउमा मेरा उमेर समुहका साथी नै थिए । “कति राम्रो भाकामा गायका थिए गित । गाईने दाईले । उनको स्वर सायदै राष्ट्रिय गायक भन्दा कम थिएन होला । तर यो समाजले के मुल्यांकन गथ्र्यो होला र ? मात्र सिमित थिए । गल्ली र कुनामा । यस्तै सोच्दै थिए गाईने दाईले गित सकिएको संकेत दिए । मनमा प्रश्नको बाढि नै आएको थियो । तर कहाँ बाट प्रश्न सोध्ने हिम्मत आएन । ”

प्रस्तुतीः राजेश वली‘रुद्र’

जसो तसो मनमा उब्जिएका प्रश्न सबिस्तर गाईनेदाईलाई सुनाए । गाईने दाईले पनि मैले राखेका उत्सुक्ताका बिषयमा क्रमढंगले उत्तर दिए ।
उनको नाम चक्र गन्दर्भ रहेछ । तुलसीपुर चार रक्षाचौर निवासी गन्दर्भ बिगत १८ बर्ष देखी निरन्तर सारंगी बजाउने गाईने दाईको पेसाका रुपमा लागि परेका छन् । बिहान ४ बजे उठेर रक्षाचौर देखि तुलसीपुर नयाँबस्ती हुदै यहाँ सम्म आएका रहेछन । जीबन निर्बाह गर्न मुस्किल पर्दा पनि आफ्नो कला, संस्कृतिलाई बचाउछु भन्दै हिडेका गन्दर्भ पुस्ता हस्तान्तरण गर्न बाट चुकेका छन् । पछिल्लो पुस्ता सारंगी बजाएर खानु भन्दा कालापहाड जानेको जमात बढेको प्रति गन्दर्भ चिन्तीत भएको बताए ।


चक्र गन्दर्भ त एउटा प्रतिनिधी पात्र मात्रै हुन् । देशमा गन्दर्भ जातिको सस्कृति बचाउने तर्फ कसैको ध्यान पुग्न सकेको छनै । नेपाली लोकसंगीत र रंमञ्चको क्षेत्रलाई परापूर्वकालदेखि संरक्षण, सम्वर्द्धन र विकास गर्दै आएका लोक जीवनका संवाहक गन्धर्व जाति र तिनको वाद्यवादन सारंगी अहिले लोपोन्मुख अबस्थामा पुगेको छ । मानिसका घरघरमा गएर समाजिक यथार्थालाई गित र सारंगी मार्फत जस्ताको त्यस्तै उतारीदिएर सामाजिक चेताना बढाउने काममा अब्बल गन्दर्भ जातिको सारंगी बजाउने पेसा, सस्ँकृति ओझेलमा पर्दै गएको हो ।

सारंगी बजाएर दैनिकी गुजार्न धौधौ हुने भएपछि नयाँ पुस्ता सारंगी बजाउने भन्दा बिदेश जाने लहर बढेको देखिन्छ । सारंगी वजाउने युवा भेटोनै मुस्किल छ । पूस्ता हस्तान्तरण हुन नस्कदा गन्दर्भ जातिको सारंगी बजाउने पैसा संकटमा छ । सरकारले सारंगी बजाउने सिप भएका गन्दर्भ समुदायका मानिसलाई बिभिन्न बिद्यालयमा सारंगी बजाउन, गाउन सिकाउने गरि रोजगारी दिएमा केही राहात हुने गन्दर्भ बताउछन् ।

कला कौशल, सीप–प्रविधि र सिर्जनशीलतामा राष्ट्रियस्तरमै अब्बल भएजस्तै सांस्कृतिक रुपमा पनि गन्धर्व जाति अगाडि नै रहेका छन् । तर, नेपालको तहगत विभेदपृ्र्ण जातीय संरचना, अज्ञानता, आफनो कला संस्कृति संरक्षणप्रति चेतनाको अभाव, गहिरो खोज अनुसन्धानको कमी, सँस्कृतिको संरक्षणमा राज्यको उदासीनताले गर्दा गन्धर्वजातिको सारंगी बजाउने मौलिक लोकसंस्कृति लोप हुने अवस्थामा पुगेको छ । यस प्रति स्थानिय सरकार वा सरोकारवाला बढि जिम्मेवार हुन आबश्यक देखिन्छ । साभारः अग्रिम साप्ताहिक

May be an image of 3 people, people standing and text