तुलसीपुरमा ओसिस एजुकेशनल ईनिश्टिच्यूट सञ्चालनमा

तुलसीपुर, ९ मंसिर ।
दाङको तुलसीपुरमा ओसिस एजुकेशनल इनिश्टिच्यूट एण्ड कन्सलटेन्सी सञ्चालनमा आएको छ । तुलसीपुर–५ बीपीचोकमा विहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले कन्सलटेन्सीको उद्घाटन गर्दै शिक्षा क्षेत्रमा योगदान गर्न आफू तयार रहेको प्रतिबद्धता जनाए ।


कार्यक्रममा ग्रेट अरनीको माविका प्रधानाध्यापक बिष्णु प्रसाद देवकोटा,निवर्तमान प्रअ बिष्णु प्रसाद आचार्य,महालक्ष्मी बिकास बैंकका शाखा प्रबन्धक जनक शाह,स्वर्गद्वारी फोटो एण्ड आर्टका सञ्चालक सुरज रायमाझी,ग्रेट अरनीकोका अध्यक्ष मान बहादुर बस्नेत ,सञ्चालकहरु नारायण भट्टराई,एकराज भण्डारी,लायन्स क्लब अफ दाङ्ग क्यापिटलका अध्यक्ष हिमाल डाँगीलगायतको सहभागिता रहेको थियो ।

उक्त कन्सलटेन्सीमा विदेश जानकालागि बिभिन्न कक्षाहरुको अध्ययन, विभिन्न विषयको ट्यूसनकक्षा, कोचिङ तथा लोकसेवाको तयारीका कक्षा चल्नेछन् । त्यस अवसरमा सञ्चालक कमल प्रकाश शर्माले धन्यवाद ज्ञापन गरेका थिए ।