टेकराज भण्डारी
दाङ, ३२ जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई ज्ञानज्योति कलेजका सीईओ सुरेन्द्र जि.सी.ले आर्थिक सहयोग गर्नु भएकोे छ।
पालिकाको वडा नम्बर ६ बरूवागाउँ निवासी सुरेन्द्र जि.सी.ले ८० हजार बराबरको धारा जडानको लागि आर्थिक सहयोग गर्नु भएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष अरूण लहरेको पहलमा ज्ञानज्योति कलेजका प्रमुख सुरेन्द्र जि.सी.ले आर्थिक सहयोग गर्नु भएको हो ।
ज्ञानज्योति कलेजका सीईओ सुरेन्द्र जि.सी.ले थोरै भए पनि विद्यार्थीहरुले स्वच्छ पानी पिउन भन्ने उदेश्यका साथ सो रकम प्रदान गरेको बताउनु भएको छ। त्यस्तै जि.सी.ले आफुले पढेको स्कुललाई सहयोग गर्न पाउदा खुसी समेत लागेको बताउनु भयो।
लाइभदाङ । ३२ जेष्ठ २०८०, बिहीबार ११:३० बजे