तुलसीपुरका इट्टा उद्योगमा साढे ३ सय बढि बालश्रमिक

सुशील बस्नेत
दाङ
४ फागुन/ तुलसीपुर उपमहानगरपालिकाका बिभिन्न क्षेत्रमा रहेका ईट्टा उद्योगमा झण्डै ३ सय ४८ जना बालबालिका श्रममा रहेको एक तथ्यांकले देखाएको छ ।

बेस संस्था अन्तर्गतको सक्रिय परियोजनाले २०२० मा गरेको अध्ययन बिश्लेषणमा उपमहानगरपालिकाका बिभिन्न स्थानमा रहेका १५ वटा ईट्टा उद्योगमा गरिएको अध्ययन बिश्लेषणले एक ८० जना बालक,१ सय ६८ जना बालिका रहेका छन् । ती मध्ये ५ देखि १० बर्षका ३२ जना,बालक १८ र बालिका १४ जना,११ देखि १८ मुनिका ३ सय १६ जना मध्ये १ सय ६२ जना बालक र १ सय ५४ जना बालिका बालश्रममा रहेका बेस संस्थाका कार्यक्रम निर्देशक पिङकी डाँगीले जानकारी दिईन ।

तुलसीपुर नगरस्तरीय बाल श्रम मुक्त उद्योग ब्यबस्थापन सुनिश्चीताका लागि बेस संस्थाको सक्रिय परियोजनाले आयोजना गरेको संबादमा डाँगीले यस्तो बताइन् । बाल अधिकार ऐन २०७५ ले ब्यबस्था गरे अनुसार वडा स्तरीय बाल अधिकार समिति गठन,सामाजिक सचेतना कार्यक्रम,श्रमिक बालबालिकालाई परिवारमा पूर्नस्थापना गर्ने,उनीहरुलाई पढाउने र सिप सिकाई आत्म निर्भर बनाउने,बालश्रमिकहरुलाई नराखेका कल कारखानालाई पुरस्कृत तथा सम्मान गर्नुपर्ने,आबश्यक कार्यबिधि,नीति र निर्देशीका बनाएर कार्यान्वयन गर्नुपर्ने,बालबालिकाको गुनासो सुनुवाई डेक्स राख्नुपर्ने लगायतमा जोड दिएको छ ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका सामाजिक बिकास समितिका संयोजक कुमार लामिछाने र वडा नंं ६ का अध्यक्ष नवराज लामिछानेले नीति निर्माण भईसकेको र कार्यान्वयनको चरण रहेको जानकारी दिए । यसका लागि छिमेकी जिल्ला र पालिकाहरु समन्वय र सहकार्य गर्नुपर्ने सुझाब दिए ।

ईलाका प्रशासन कार्यालय तुलसीपुर प्रमुख यज्ञबहादुर बुढा र ईलाका प्रहरी कार्यालयका प्रमुख श्यामु अर्यालले कार्यान्वयनमा प्रतिबद्ध रहेको बताईन् । अध्ययन बिश्लेषण गर्दाको अबस्थालाई भने बिशेष ध्यान दिनुपर्ने सुझाब दिए ।


सो अवसरमा दाङ जिल्ला ईट्टा उद्योग ब्यबसायी समितिका अध्यक्ष प्रेमनाथ योगीले बालबालिकाहरुलाई श्रममा नलगाएको दाबी गरे । तर आश्रीत बालबालिका भने उद्योगमा रहेका जानकारी दिए । तुलसीपुर होटल ब्यबसायी समितिका अध्यक्ष टेकराम खड्का र यातायात ब्यबसायी प्रितम श्रेष्ठले बाध्य भई बाल श्रमिकहरु होटल र यातायातमा कार्यरत रहने गरेको बताए ।

पारिवारिक समस्या,भोक आदिका कारण होटल र यातायातमा कार्यरत रहने गरेकाले ती बालबालिकाको पुर्नस्थापनाका लागि राज्यले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

सो अवसरमा बाल संगठनका अध्यक्ष बिनोद केसी र बाल संरक्षण समितिका सदस्य निर्मल नेपालीले बाल अधिकार सुनिश्चताका लागि पहिलो भूमिका राज्य रहेको स्मरण गराए । राज्यले पूर्नस्थापन पनि गर्न नसक्ने र संरक्षण गर्न नसक्न अबस्था रहेको बताए ।

त्यसअवसरमा उच्च अदालत बारका अध्यक्ष पुष्कर भण्डारी,तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास शाखाका ललिता कँडेल,तुलसीपुर उद्योग बाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराई,पत्रकार खेमराज रिजालले बाल श्रम अन्त्यका लागि सामुहिक ऐक्यबद्धता र प्रभाबकारी अनुगमन हुनुपर्ने बताए ।

कार्यक्रमको सहजिकरण संबाद समूह सचिवालयका बरिष्ठ सहजकर्ता एवम पत्रकार सुशील बस्नेतले गरेका थिए ।