तुलसीपुर १० मा दर्जन बढि माओवादी केन्द्रमा प्रवेश

तुलसीपुर,३० भदौ । तुलसीपुर १० मा बिभिन्न पार्टी परित्याग गरि दर्जन बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई लुम्बिनी प्रदेशका अर्थ मन्त्री तथा पार्टीका केन्द्रीय सदस्य धनबहादुर मास्कीले स्वागत गरेका हुन् । त्यस अवसरमा केन्द्रीय सदस्य मास्कीले माओवादीप्रति जनताको लहर देखिएको बताएका छन् । जनताको चाहाना नै विकास भएको भन्दै पश्चिम दाङमा आएको बजेटले जनता खुसी भएको समेत बताए ।

जनताले नै चुनाब जिताएर पठाएको भन्दै जनताकै मर्म र भावना अनुसार काम गर्ने समेत बताए । तुलसीपुर १० मा काँग्रेस,एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि  प्रवेश गरेको पार्टीका वडाध्यक्ष शम्भु रेग्मीले बताए । उनले वडामा पार्टी बलियो बन्दै गएको समेत बताए ।


त्यस्तै शनिबार मन्त्री मास्कीले तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ को तिज मिलन तथा शान्तिनगर २ मा भएको कार्यक्रममा सहभागिता जनाएका थिए । माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत बिभिन्न कार्यक्रम भइरहेका छन् ।