तुलसीपुरमा १० दिने सावुन बनाउने तालिम सुरु

तुलसीपुर
२ फागुन / दाङको तुलसीपुरमा १० दिने सावुन बनाउने तालिम सुरु भएको छ । सामाजिक रुपान्तरण तथा जागरण केन्द्रको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा उक्त तालीम सुरु भएको हो । कार्यपालिका सदस्य डिला परियारको विनियोजित बजेटबाट उक्त तालीम सुरु भएको हो ।

संस्थका अध्यक्ष चुर्णबहादुर सुनारको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष टोपबहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम गरि तालिमको उद्घाटन गरिएको हो ।


त्यस अवसरमा समन्वय समिति दाङका सदस्य सावित्रि रिजाल,कार्यपालिका सदस्य, जानका रेग्मी, चित्रा मल्ल, दलित सेवा संघ दाङका जिल्ला सदस्य छबि परियार, प्रशिक्षक बेदप्रसाद भुषाल, इन्दिरा भुषाललगायतको सहभागिता रहेको थियो । संयोजक सन्तोष चनाराले कार्यक्रम सहजीकरण गरेका थिए ।

तालिममा तुलसीपुरका १९ वटै वडाबाट सहभागिता रहेको थियो ।