६१ औं रक्त सञ्चार स्थापन दिवस सम्पन्न ।

तुलसीपुर,१३ साउन ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना मा “मानवताको १ थोपा रक्तदान जिवन दान”भन्ने मुल नाराका साथ ६१ औ नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा स्थापना दिवस तुलसीपुर मा मनाईएको छ । स्थापना दिवसको अवसरमा धेरै पटक र धेरै संख्यामा रक्तदान एवं रक्तदाता उत्प्रेरणा कार्यक्रम गर्ने ज्ञान ज्योति फाउन्डेशन,कारागार कार्यालय तुलसीपुर र नेपाल मानव सेवा समिति तुलसीपुलाई सम्मान गरिएको थियो । त्यसै गरि तुलसीपुर क्षेत्रमा रगतदान र रक्तदाता उत्प्रेरणा कार्यक्रम सञ्चालन गरि रक्त सञ्चार सेवालाई योगदान गरे अभियानता बाफत ऋषि राज भण्डारी,पदम पोख्रेल,तिर्थराज भुसाल,झग्गु भण्डारी,बसन्त गिरी पत्रकारीता मार्फत योगदान पु¥याउने दिपक बोहरा र उमा भण्डारीलाई सम्मान गरिएको थियो ।

त्यस अवसरमा खुल्ला रक्तदान कार्यक्रममा आयोजना गरिएको थियो उक्त कार्यक्रममा १९ नम्बर बाहिनिका राम ज्योति बोहारा लगायत ,ज्ञान ज्योति फाउन्डेशन विद्यार्थिहरु र रक्तदान अभियान्ताबाट रक्तदान गरिएको थियो । तुलसीपुर उपमहानगरपालीकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रक्तदाता हिमाल एकाडेमीका शालिक राम वलीले रक्तदान गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । संजिवनि मेडीकल कलेजका मेडीकल सुपरिटेण्डेन वाचस्पति सुेवदीले रगतको महत्वको बारेमा प्रस्तुती राख्नु भएको थियो । उक्त प्रस्तुति अनुसार अन्य बक्तलाई जिज्ञासा राखि जिज्ञासाको समाधान गरिएको थियो ।


रक्त सञ्चार सेवा केन्द्रका प्रमुख दिलिप न्यौपानेले नेपाल रेडक्रस सोसाइटीले हाल ४ वटा स्थान तुलसीपुर,घोराही,लमही र सञ्जीवनि मेडीकल कलेजमा रक्त सञ्चार सेवा केन्द्र स्थापना गरि सेवा प्रदान गरिरहेको जानकारी गराउनु भयो । उहाँका अनुसार जिल्लामा यस आर्थिक बर्षमा १२५ वटा संस्थाबाट २६८६ युनिट पुरुष रक्तदाता र ९०० महिला रक्तदाताहरुबाट गरि जम्मा ३५८६ यूनिट रगत संकलन गरिएको थियो । यस बर्ष जम्मा ६,८३७ यूनिट रगत संकलन गरिएकोमा ५१३२ स्वयंसेवी रक्तदाताबाट रगत संकलन गरिएको थियो भने १७०५ सोध भर्नाबाट रगत संकलन गरिएको थियो । यस आर्थिक बर्षमा ७,५०१ युनिट रगत वितरण गरिएको थियो । १३१५ यूनिट रक्त तत्व निर्माण गरि वितरण गरिएको थियो ।

दाङ जिल्लामा तुलसीपुर प्रादेशिक अस्पताल रगत आवश्यक पर्ने सवै विरामीहरु,घोराही उपमहानगरपालीका बासीन्दाहरुलाई घोराही उपमहानगरपालीकाबाट र लमही नगरपालीका डाइलासीसका विरामीहरुलाई निशुल्क रगत वितरण गरिरहेको शाखाका सभापति मदन गौतमले जानकारी गराउनु भयो । हाल तुलसीपुर रक्त सञ्चार सेवा केन्द्रमा रक्त तत्व निर्माण गर्ने औजारहरु नभएकाले यस आर्थिक बर्षमा लुम्बिनि प्रदेश सरकारले रु २० लाख रकम विनियोजन गरेको र उक्त रकमबाट सवै औजारहरु नपुग हुने भएकाले तुलसीपुर उपमहानगरबाट रकम विनियोजन गरिएको र उक्तरकमबाट औजारहरु खरिद गरि रक्त सञ्चार सेवा केन्द्रलाई प्रदान गरिने प्रमुख टिकाराम खड्काले बताउनु भयो । उक्त कार्यक्रम प्रादेशिक अस्पतालका प्रमुख एवं विशिष्ट अतिथि डा।मोहम्मद नुरुल हेग्दा,इलाका प्रहरी कार्यालयको प्रमुख हेम बहादुर पराजुली,१९ नम्बर बाहिनीका राम ज्योति बोहोरा,सम्बाद समुहका सहजकर्ता शुसिल बस्नेत लगातको सहभागीता रहेको थियो । कार्यक्रम जिल्ला शाखाको उपसभापति हरिहर पौडेलको स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन शाखाका मन्त्री प्रकाश श्रीवन्दले गर्नु भएको थियो ।