सल्यानमा करिब दर्जन घरहरु भत्किए

तुलसीपुर २० असोज ।
अबिरल बर्षातका कारण सल्यानमा करिब एक दर्जन घर गोठ भत्कीएका छन् । बर्षातका कारण घर गोठ भत्किए पनि मानविय तथा पशु चौपायको क्षेति नभएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी दामोदर केसीले जानकारी दिनुभयो ।


जिल्लाको खलंगा स्थित डाँडा गाउँमा प्रमोद श्रेष्ठको तीन तले घर, पातीहाल्नामा जंगबिर खड्काको घर, काभ्रामा कृष्णबहादुर खत्रीको घर, सिमखोलीमा नोखिराम वलीको घर, दार्मामा लालबहादुर वलीको घर, ढाकाडाममा जयबहादुर केसीको घर भत्किएको छ । त्यसैगरी बागचौर र कालीमाटीमा समेत घरहरु भत्किएको खबरहरु आएको प्रहरीले बताएको छ