
दाङ, १२ साउन ।
दाङमा रहेर डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल दीपक बोहरा सम्मानित भएका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङले ६१ औ नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा स्थापना दिवसका अवसरमा डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल बोहरालाई सम्मान गरेको हो ।
रक्तसञ्चार सेवा केन्द्र सञ्चालन तथा रक्तदाता उत्प्रेरणा गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै बोहरालाई सम्मान गरिएको हो । बोहरालाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का र जिल्ला शाखा सभापति मदन गौतमले सम्मानपत्र प्रदान गरेका हुन् ।
उनी नयाँ पत्रिकाका जिल्ला सम्वाददाता हुन्, भने अग्रिम साप्ताहिक र लाईभ दाङ डटकमका सञ्चालक हुन् । उनी लामो समयदेखि आधा दर्जन बढि मिडियामा काम गरेको अनुभव छ ।
बोहरासंगै ज्ञान ज्योति फाउन्डेशन,कारागार कार्यालय तुलसीपुर, नेपाल मानव सेवा समिति तुलसीपुर, पत्रकार उमा भण्डारी, ऋषिराज भण्डारी,पदम पोख्रेल,तिर्थराज भुसाल,झग्गु भण्डारी,बसन्त गिरीलाई सममान गरिएको थियो ।



लाइभदाङ । १२ श्रावण २०८३, मंगलवार २०:५७ बजे