माओवादी केन्द्र तुलसीपुरले जनयुद्ध दिवस भब्य तरिकाले मनायो

तुलसीपुर
१ फागुन / माओवादी केन्द्र तुलसीपुरले जनयुद्ध दिवसलाई भब्य तरिकाले मनाएको छ । आईतबार दिवसको अवसरमा रक्तदान कार्यक्रम, मास्क वितरण, विरामीलाई फलफूल वितरण, तथा सबै वडामा दिपप्रज्वलन तथा वडास्तरमा जनयुद्ध दिवस मनाईएको हो । रक्त सञ्चार केन्द्र तुलसीपुरमा भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेको अध्यक्ष खुसीराम चौधरीले बताए ।

त्यस अवसरमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले संसोधन विना कुनै पनि हालतमा एमसीसी पास नहुँने बताए । साथै जनयुद्धकै जगमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै यसलाई माओवादीकै नेतृत्वमा संस्थागत गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य शेसुराम भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य रामबहादुर दहित, लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली, नेता प्रेमराज वली ‘प्रभात’, लुम्बिनी प्रदेश कमिटि सदस्य चित्रबहादुर खड्का‘अनुपम’, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ओमप्रकाश अर्याललगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सचिब तुलाराम भण्डारी ‘बारुद’ले गरेका थिए, भने वाइसिएलका जिल्ला संयोजक माधव बुढाथोकीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

यसैबीच जनयुद्ध दिवस सफल बनाउन भूमिका खेल्ने सम्पूर्णलाई पार्टीका नगर अध्यक्ष खुसीराम चौधरीले धन्यवाद ज्ञापन गरेका छन् । रक्तदान कार्यक्रममा रक्तदान गर्ने सम्पूर्ण रक्तदाता, सहयोग गर्ने स्वास्थ्यकर्मी, पार्टीका बिभिन्न कमिटि, जनबर्गीय संगठन, सञ्चारकर्मीलगायतलाई धन्यवाद ज्ञापन गरेका थिए ।

रक्तदानमा सहभागिहरुको नामः


No description available.

No description available.

No description available.

No description available.