काँग्रेसको विशेष महाधिवेशन : यी हुन,दाङबाट जान सक्ने सम्भावित प्रतिनिधि

दीपक बोहरा
दाङ,२४ पुस ।
नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको बिशेष महाधिवेशनमा दाङबाट पनि ९ जना भन्दा बढि जान सक्ने अनुमान गरिएको छ । काँग्रेस निकट स्रोतका अनुसार जिल्लामा ८० को पेरिफेरीमा महाधिवेशन प्रतिनिधि छन् ।

ति मध्ये क्षेत्र नंं.१ बाट मधुप्रसाद न्यौपाने र प्रदिपराज शर्मा, क्षेत्र नं.२ बाट दिपक पाण्डे,तेजबहादुर विक,श्याम सुवेदी र क्षेत्र नं.३ बाट जगत बहादुर खड्का, केशव राज आचार्य, गोविन्द बहादुर शाह,कृष्णकुमार गिरी जान सक्ने अनुमान गरिएको छ । त्यस्तै काग्रेस निकट ट्रेड युनियनबाट प्रतिनिध बनेका तिर्थराज न्यौपाने पनि महाधिवेशनमा जान सक्ने अनुमान छ ।


स्रोतका उनीहरुले महाधिवेशनका पक्षमा समेत हस्ताक्षर गरेका थिए । दाङमा क्षेत्र नं.१ बाट २७ तथा क्षेत्र नं.२ र ३ बाट २६/२६ महाधिवेशन प्रतिनिधि निर्वाचित थिए ।“यसमा केही तलमाथि हुन सक्छ”, स्रोतले भन्यो“हस्ताक्षर गरेकाहरु जान सक्छन्, भन्ने आँकलन हो, यसमा अरु पनि थपिन सक्छन् ।”

ट्रेड युनियनबाट पनि महाधिवेशन प्रतिनिधि हुने ब्यबस्था छ । सोही अनुरुपका प्रतिनिधि पनि जान सक्ने आँकलन गरिएको छ । आईतबार र सोमबार विशेष महाधिवेशन आयोजना गरिएको छ ।