लुम्बिनीमा पदक घोषणा कार्यक्रम स्थगित

तुलसीपुर,३ असोज । लुम्बिनी प्रदेशले प्रदान गर्ने बिभिन्न पदकको घोषणा कार्यक्रम स्थागित गरेको छ ।

प्रत्येक बर्ष संविधान दिवसको दिन पदक घोषणा गर्ने गरेको थियो । तर, यस बर्ष बिशेष कारण देखाउँदै स्थगित गरिएको हो ।

लुम्बिनी प्रदेश गृहमन्त्रालयका उपसचिब खिमानन्द ज्ञवालीका अनुसार यस बर्ष एक हप्ते सूचना प्रकाशन गरि आवेदन आह्वान गरिएको थियो ।


त्यसमा बिभिन्न क्षेत्रका ब्यक्तीहरुले आवेदन दिएका थिए । बिभिन्न क्षेत्रमा योग्दान गरेका ब्यक्तीहरुलाई प्रत्येक बर्ष पदक वितरण गर्ने गरिएको छ ।