
दाङ,७ साउन । लमही- घोराही सडक खण्डको मसोट खोला पुलका जाँच हुने भएको छ ।
पुल सेक्टर नेपालगञ्जले आज विहीबार पुलको अवस्था सुदृढ र सुरक्षित राख्नका लागि नियमित जाँच गर्ने भएको हो ।
डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्र विष्टका अनुसार बिहान ८ बजे देखि ९ बजेसम्मको समयमा जाँच गरिने भएकाले आवागमनमा केही समस्या हुन सक्ने उनले बताए ।
निरीक्षणले पुलको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नेछ, जसले गर्दा भविष्यमा यात्रा अझ बढी भरपर्दो हुनेछ।



लाइभदाङ । ७ श्रावण २०८३, बिहीबार ०८:१८ बजे