प्रेस सेन्टर राप्तीको अध्यक्षमा कवँर

दाङ, ४ असोज ।
प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिको अध्यक्षमा तुलबहादुर कँवर मगर चयन हुनु भएको छ । प्रेस सेन्टर राप्ती गाउँपालिको प्रथम भेलाले कुँवरको अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति चयन गरेको हो।

जसको उपाध्यक्षमा छपिन्द्र बुढाथोकी,सचिव ईराधा झाँक्री मगर ,सहसचिव सन्जुकुमारी चौधरी र कोषाध्यक्ष सुस्मिता परियार चयन हुनुभएको छ ।

संगठनको सदस्यहरुमा कृति कार्की,बिनोद कुमार सोनी,बीनिता गाहा मगर,दिलबहादुर सिंजाली मगर ,निश्चल सारु मगर ,ईशा परियार,लक्ष्मी कामी र अन्जिता चौधरी चयन हुनुभएको छ । सम्मेलनको उद्घाटन गर्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले समाज रुपान्तरणका लागि पत्रकारिताको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।


कार्यक्रमको प्रमुख अतिथि समेत रहुनु भएका विष्टले प्रेस सेन्टरमा आबद्व हुने पत्रकारले सिमान्तकृत समुदायको पक्षमा समाचार लेख्नु पर्ने धारणा राख्नुभयो । महान सहिद कृष्णसेन ईच्छुक जस्ता ब्यक्तिको बलिदानले मात्रै मुलुकमा गणतन्त्र स्थापित भएको बताउँदै त्यसको रक्षा गर्न अब पत्रकारले ध्यानदिनु पर्ने बताउनुभयो । सो अवसरमा संगठनमा रहेर लामो समयदेखि भुमिका खेल्ने पत्रकार तथा साहित्यकार धर्मराज शर्मा बैरागी र चन्द्र खनाललाई सम्मान गरिएको थियो ।

सम्मानित हुने दुबैजनालाई प्रमुख अतिथी विष्टले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । संगठनका उपाध्यक्ष छपिन्द्र बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा माओबादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष नारायण शर्मा , प्रेस सेन्टर दाङका संस्थापक पुरणशर्मा,प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष मानसिङ विक,सचिव दिवाकर पोखरेल,जिल्ला सचिव जनक नेपाली ,सहसिचव दिपक बोहरा,दलित मुक्तिमोर्चा दाङका सल्लाहकार रण बहादुर पुजाली, अखिल क्रान्तिकारी विद्यार्थी संगठन राप्तीका अध्यक्ष मन्दिप पोख्रेल लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । भेला आयोजक कमिटीका अध्यक्षता तुलबहादुर कँवर मगरको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन ईराधा झाँक्री मगरले गर्नुभएको थियो।