दाङमा इलेक्ट्रिक गाडीको माग बढ्दो

तुलसीपुर
२९ माघ /
दाङमा इलेक्ट्रिक गाडीको माग बढ्दै गएको छ । शनिबार मात्रै दाङमा एउटा इलेक्ट्रिक गाडी विक्री भएको छ । BYD all new e6 New generation नामक गाडी विक्री गरेको हो ।

टिम इलाभेन इ भि वर्डले इलेक्ट्रोनिक गाडीको घोराहीका व्यापारी गोकर्ण गिरीलाई बिक्रि गरिएको हो ।


टिम इलेभन वर्डका मुख्य प्रबन्ध बिमल कुमार पौडेलको अध्यक्षमा तथा च्याम्बर अफ कमर्स घोराहीका अध्यक्ष बलदेब योगी, व्यावसायी ओबेन्द्र महरा , तुलसीपुर उद्योग बाणिज्य संघका सदस्य दिपेस भण्डारीलगायतको सहभागीतामा उक्त गाडी विक्री गरिएको हो ।

अहिलेसम्म ६ वटा गाडी विक्री वितरण भइसकेका छन् ।