मावि पदमपुरद्वारा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नतिजा अस्वीकार

हापुरे, १३ माघ ।
दाङको बबई गाउँपालिका वडा नम्बर ५ मा रहेको जनकल्याण माध्यमिक विद्यालयले बबई गाउँपालिका स्तरिय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नतिजा अस्वीकार गर्ने भएको छ।

गत माघ ५ देखि ७ गतेसम्म सम्पन्न प्रतियोगितामा धादली र सुनियोजित तरिकाले विद्यालयलाई पछि पार्ने प्रयास गरिएको भन्दै विद्यालयका खेल शिक्षक र खेलाडीहरुको ईच्छा अनुरुप आफुहरु प्रतियोगिताको नतिजा स्वीकार नगर्ने पुरस्कार समेत ग्रहण नगर्ने निर्णयमा पुगेको विद्यालयका प्रधानाध्यापक गणेश बहादुर केसीले जानकारी दिनुभयो ।


विद्यालययले शुक्रबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिका स्तरीय १६ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने आफ्नो विद्यालयका खेलाडीहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक हात पार्न सफल सबै विद्यालयका सबै खेलाडीहरुलाई उनिहरुको हौसलाका निम्ति विद्यालयको तर्फबाट मेडल सहित सम्मानपत्र प्रदान गरिएको प्रधानाध्यापक केसीले बताउनुभयो।

विद्यालयका खेल शिक्षक कुल बहादुर डाँगीको अध्यक्षता तथा विद्यालयका ब्यबस्थापन समिति अध्यक्ष पुर्णबहादुर वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका सहायक प्रधानाध्यापक नन्दलाल तिवारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक जित बहादुर वलीले गर्नुभएको थियो ।