दाङमा दुर्घटना हुँदा २ जनाको मृत्यु,४ घाइते

दाङ, २ वैशाख । दाङमा सनिवार भएका दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १२ का १८ वर्षका बसन्त केसी र बंगलाचुली गाँएपालिका ६ लापेकी ३० वर्षकी यमी घर्तिमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

केसीको घोराही तुलसीपुर सडकखण्डको नारायणपुरमा रा १ ख ३१२६ नम्बरको बसले पैदल हिडीरहेका बेला ठक्कर दिँदा मुत्यु भएको हो भने घर्तिको घोराही लमही सडक खण्डमा ना ४ ख ६९५० नम्बरको मिनी बस मसोट खोला घुम्तिीमा दुघटना हुदाँ मुत्यु भएको प्रहरीले जनाएको छ ।


घाइते ४ जनाको लमही अस्पतालमा उपचार भैरहेको छ ।