प्रदेश अर्थमन्त्री मास्कीद्वारा बलेटक्सार चक्रपथको सिलन्यास

देउखुरी, २८ असार ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं.४ र ५ मा पर्ने बलेटक्सार चक्रपथको सिलन्यास गर्नुभएको छ । बुधबार मन्त्री मास्कीले सोही चक्रपथको सिलन्यास गर्दै सोही सडकको कालोपत्रेकालाथि थप बजेटको समेत ब्यबस्पन गर्ने प्रतिबद्धता जनाए । उनले चक्रपथको काम समयमै सक्न समेत निर्माण कम्पनीलाई निर्देशन दिए ।

८ करोड १७ लाख लागतमा हाल ४.५ किलोमिटर चक्रपथ कालोपत्रे हुँदैछ । सोही चक्रपथ साढे ७ किलोमिटर रहेको छ ।
त्यस अवसरमा माओवादी केन्द्र लुम्बिनी प्रदेशा अध्यक्ष सुदर्शन बरालले विकास निर्माणमा सबै एकमत हुनुपर्ने समेत बताए । उनले सबैको सहयोगले नै विकास निर्माणले गति लिने समेत बताए । एकअर्काप्रति खिचातानीको राजनीतिले विकास निर्माणमा असर पर्ने समेत बताए ।


सडक पूर्वाधार बिकास कार्यालय गुल्मीका सचितानन्द चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मिनादेबि गौतमले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन । निर्माण व्यवसायी भागवत गिरीले १ बर्ष भित्र काम सक्ने प्रतिबद्धता जनाए । कार्यक्रमको सहजीकरण दामोदर ज्ञवालीले गरेका थिए । चक्रपथ चौतारा-धोवीघाट-रानीघाटसम्म रहेको छ ।