घोराहीमा ‘औरा कलेक्सन’ लेडिज कपडा पसल सञ्चालनमा

घोराही, २८ असार ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका युवा उद्यमी मिनराज वलीले दाङको घोराही–न्युरोडमा ‘औरा कलेक्सन’ नामक महिला कपडा पसल सञ्चालनमा ल्याएका छन्। आइतबार आयोजित एक समारोहबीच युवा व्यवसायी एवं नेपाल उद्योग व्यापार महासंघका लुम्विनी प्रदेश सदस्य खिम डीसी ले रिबन काटेर पसलको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा स्थानीय व्यवसायी, शुभेच्छुक तथा आफन्तहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नयाँ व्यवसायको सुरुवातसँगै गुणस्तरीय र सुपथ मूल्यमा महिला प्रयोगका विभिन्न प्रकारका कपडाहरू उपलब्ध गराइने सञ्चालक मिनराज वलीले जानकारी दिए। ग्राहकको आवश्यकता र रुचिलाई ध्यानमा राखी उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्यसहित व्यवसाय सञ्चालनमा ल्याइएको उनले बताए।


उद्घाटन समारोहमा बोल्दै युवा व्यवसायी खिम डीसीले मिनराज वलीको नयाँ व्यवसायिक यात्राको सफलताको शुभकामना व्यक्त गर्दै युवाहरू स्वरोजगार र उद्यमशीलतातर्फ अग्रसर हुनुपर्ने बताए। उद्घाटन कार्यक्रममा सहभागीहरूले मिनराज वलीलाई सफल व्यवसायिक यात्राको शुभकामना व्यक्त गरेका थिए।