नेपालगञ्जमा अनलाइन जुवा खेलाउने १५ जना पक्राउ

बाँके, ९ बैशाख ।
बाँकेको नेपालगन्जमा अनलाइन जुवा खेलाउने १५ जनालाई ल्यापटप र मोबाइल सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिया गुलरिया नगरपालिका ६ बस्ने वर्ष ३८ का बिराज पौडेल, सोही ठाउँ बस्ने वर्ष २० को सास्वन पाठक, बाँके खजुरा–१ बस्ने वर्ष ३८ का ईश्वर राणा, सोही ठाउँ बस्ने वर्ष ३७ का टोपबहादुर थापा, जिल्ला मोरङ मिक्लाजुङ गापा ६ बस्ने वर्ष २५ का ईसाक लिम्बु, सोही ठाउँ वडा नम्बर ९ बस्ने वर्ष १९ का सुदेश राई र वडा नम्बर १ बस्ने वर्ष २२ का रोसन दनुवार, जिल्ला खोटाङ अईसेलुखर्क गापा ६ बस्ने वर्ष २७ का प्रवीण राई र जिल्ला इलामको इलाम नगरपालिका ९ बस्ने वर्ष ३३ का पर्शुराम दर्जी रहेका छन् ।

यस्तै सिराहाको सिराहा–७ बस्ने वर्ष २३ का राकेशकुमार यादव, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–१४ बस्ने वर्ष ३१ का सुरेन्द्र चौधरी, जिल्ला उदयपुर चाङडिगडी–८ बस्ने वर्ष ३२ का भास्कर मगर, जिल्ला रुकुमपश्चिम आठबिसकोट–९ बस्ने बर्ष २६ का दीपेन्द्र केसी, गोरखाको अजुरकोट–४ बस्ने वर्ष २९ को रुपक कोइराला र जिल्ला पर्वत त्रिवेणी गापा २ बस्ने वर्ष ३५ का सुन्दर राणा रहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।


भारतमा आईपिएल क्रिकेट खेल चलिरहेको समयमा खेलको हारजितलाई लिएर अनलाइनबाट सट्टेबाजीमा संलग्न समूहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गएराती नेपालगन्ज–१ धम्बोजीस्थित अयुव हल्वाईको घर भाडामा लिएर जुवा खेलाइरहेको अवस्थामा समूहलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट अनलाइन जुवा खेलाउनका लागि प्रयोग गरिएका १८ थान ल्यापटप र ५६ थान विभिन्न कम्पनीका स्मार्ट फोनहरु समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।