तुलसीपुरमा मनोसामाजिक परामर्श तालिम सुरु

तुलसीपुर
२९ माघ /  सामाजिक रुपान्तरण तथा जागरण केन्द्र दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा तुलसीपुर ६ मा कोभिड १९ सम्बन्धी ३ दिने मनोसामाजिक परामर्श तालिम सुरु भएको छ ।

शनिबार देखि उक्त तालीम सुरु भएको हो । तालिमको उद्घाटन तुलसीपुर उपमहानगरपालिका विपद व्यवस्थापन समितिका संयोजक तथा वडा अध्यक्ष नवराज लामिछानेले गरेका थिए ।

संस्थाका अध्यक्ष चुर्ण बहादुर सुनारको अध्यक्षतामा भएको तालिमको उदघाटन गर्दै वडा अध्यक्ष लामीछानेले तालिमबाट सिकेका कुराहरुलाई आफनो गाउँटोल सम्म लैजान आग्रह गरे ।


विगत दुई वर्ष देखी कोरोना माहामारीले गर्दा धनजनको क्षति व्यहोर्नु परेको स्मरण गर्दै उनले जनताको जिबनस्तरलाई माथि उठाउनका लागी विभिन्न कार्यक्रम गर्दै आएको बताए । माहामारीको समय समेत आफुहरुले जनताको काम गरेको उनले बताए । तिन दिन सम्म संचालन हुने तालिममा तुलसीपुरका १९ वटै वडाका विभिन्न समुह तथा टोलका अगुवाहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

पहिलो चरणमा तिन दिने मनोसामाजिक परामर्श तालिम सन्चालन गरिएको छ भने दोस्रो चरणमा १० दिने सावुन बनाउने तालिम सन्चालन गरिने छ । सो अवसरमा कार्यपालिका सदस्य डिला परियार, तुलसीपुर १६ की वडा सदस्य रमा भण्डारी, पत्रकार दीपक बोहरा लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण तालिम संयोजक सन्तोष चनाराले गर्नुभएको थियो ।