दंगीशरणमा बृहत पोषण प्याकेज सम्बन्धी प्रशिक्षण ।।

दिप्तीशिखा चौधरी,

दंगीशरण, १ पुष ।
स्वास्थ्यकर्मीहरुका लागि ७ दिने बृहत पोषण प्याकेज तालीम आज विहिबार दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष भागिराम चौधरीले उद्धघाटन गर्नुभएको ७ दिने तालीममा पोषण र यसको महत्व र आवश्यकता,खाद्य विविधिकरण र स्थानीय खानेकुराको महत्व, किशोरावस्थाको पोषण, मातृ पोषण, पूरक वा थप खाना, बहु सुक्ष्म पोषक तत्व, वृद्धि अनुगमन र यसको महत्व,बिरामी बालबालिकाको खाना र हेरचाह, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम,महिला स्वास्थ्य स्वयंसेविकास्तरको तालिम कसरी संचालन गर्ने, पोषण कार्यक्रममा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका, पोषणमैत्री स्वास्थ्य संस्था तथा स्थानीय शासनको अवधारणा र प्रक्रिया, आपूर्ति व्यवस्थापन सूचना प्रणाली लगाएतका विषयमा प्रशिक्षण दिईको थियो ।


तालिमको प्रश्क्षिकमा स्वास्थ्य शाखा प्रमुख दशरथ गिरी, स्वास्थ्य केन्द्र वागरका डा.कृष्ण घर्ती,सुआहाराका रोसन पौडेल रहनुभएको थियो । उपाध्यक्ष पिमा कुमारी खड्को अध्यक्षतामा ताली सम्पन्न भएको समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष खड्काले तालिमबाट पुनः स्थानीय तहमा प्रशिक्षण सञ्चालन हुने भएकाले यसको महत्व बढ्ने बताइन् ।

उनले कोभिडका बेला स्वास्थ्यकर्मीले गरेको कामको जति प्रशंसा गरेपनि कम हुने बताउँदै आगामी दिनमा मातृशिशुका विषयमा हुने यस्ता प्रशिक्षणले अझ कार्यक्षमतामा निखार ल्याउने बताइन् । दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको तालीममा स्वास्थ्य शाखा संयोजक , सह–सहयोजक , स्वास्थ्य चौकी प्रमुख, कार्यरत स्वास्थ्यकर्मीहरुहरुको सहभागिता रहेको थियो । कार्यक्रमको शहजीकरण स्वास्थ्य शाखा हेल्थ असिस्टेन्ट प्रदिप योगिले गरेका थिए ।