बाल यौन दुर्व्यवहार मुद्दाका फरार प्रतिवादी पक्राउ

तुलसीपुर । बाल यौन दुर्व्यवहार मुद्दाका फरार प्रतिवादी प्रकाउ परेका छन । पक्राउ पर्नेमा दाङ राप्ती गाउपालिका वडा नं ५ पहरुवा बस्ने बर्ष ५० को श्याम लाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङ जिल्ला अदालतबाट २०८० जेठ १६ गते बाल यौन दुर्व्यवहार मुद्दामा उनलाई ५ महिना ६ दिन सजाय फैसला भएको थियो ।


फरार खोजतलास गर्दै जाँदा आज दाङ घोराही -१५ अदालत अगाडी हिडिरहेको अबस्थामा पक्राउ गरी अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।