
तुलसीपुर(दाङ),१९ असार । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफ्नो सेवासुविधाबाट अक्षयकोष स्थापना गरेका छन् । उनले पालिकाको सर्वोदय मावि सिसहनियामा एक लाख एक हजार रुपैँयाको अक्षयकोष स्थापना गरेका हुन् ।
विद्यालयका अभिभावकविहीन, गरीब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक उत्थानकालागि सोही रकमको अक्षयकोष स्थापना गरेको अध्यक्ष विष्टले बताए । आमा–वुवाको सम्मान स्वरुप उक्त कार्य गरिएको अध्यक्ष विष्टले बताए ।
पालिका भित्र गरीब तथा जेहेन्दार एवं साहाराविहीन विद्यार्थीहरु रहेको भन्दै त्यस्ता विद्यार्थीहरु पढाई बाट बन्चित हुन नहुँने भन्दै आफूले सेवा सुविधाबाट अक्षयकोष स्थापना गरेको अध्यक्ष विष्टले बताए ।
पालिका अध्यक्षले बिभिन्न सेवा सुविधा अन्तर्गत ३३ हजार पाउने गरेको अध्यक्ष विष्टको भनाई छ । जसमध्ये बिभिन्न संघसंस्थालाई मासिक तीन हजार रुपैँया समेत प्रदान गर्दै आएको उनले बताए ।



लाइभदाङ । १९ असार २०८३, शुक्रबार ०८:४४ बजे