
काठमाडौ, २४ फागुन ।
आज ११६ औं अन्तर्राष्ट्रिय महिला दिवस, नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउने गरिन्छ।यस वर्ष सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर भन्ने राष्ट्रिय नारा तय गरिएको छ।
यस वर्ष प्रतिनिधिसभा चुनावका कारण विगतका वर्षहरुमा जस्तो दिवसका कार्यक्रमहरु खासै आयोजना गरिएका छैनन्।दिवसको अवसरमा सरकारले आज सर्वाजानिक विदा दिएको छ। यो दिवस, महिला मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर मनाउने गरिन्छ।
सन् १९०८ मार्च ८ मा अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग गर्दै महिलाहरूले विशाल जुलुस निकालेका थिए। महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरणमा हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने हो।



लाइभदाङ । २४ फाल्गुन २०८२, आईतवार ११:४८ बजे