
तुलसीपुर, १७ असार ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ निवासी प्रकाश विक(घमण्ड)ले आफ्नो जन्मदिनमा बृक्षरोपन गरेका छन् । सोही वडाको ढकनामा बृक्षरोपन गरेका हुन् । बुधबार परेको जन्मदिनको अवसरमा उनले खैर, अमला, दालचिनी, सितल चिनी, धुपीसल्लोलगायत गरि ५० वटा विरुवा रोपेका हुन् ।
जन्मदिनमा फजुल खर्च गर्नु भन्दा यस्ता सामाजिक काम तर्फ लाग्नकालागि सबैलाई प्रेरणा दिन यस्तो कार्य गरिएको विकको भनाई छ ।



लाइभदाङ । १७ असार २०८३, बुधबार २०:३२ बजे