अखिल नेपाल यातायात मजदुर संघ दाङको नियमित बैठक सम्पन्न

टेकराज भण्डारी
दाङ, ९ भदौ । अखिल नेपाल यातायात मजदुर संघ, दाङ जिल्ला कमिटीको नियमित बैठक शनिबार सम्पन्न भएको छ।

बैठक दाङ जिल्ला अध्यक्ष छबि प्रसाद बस्नेतको अध्यक्षता र केन्द्रीय उपमहासचिव घनश्याम डाँगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।


बैठकले सरकारले राष्ट्रियता र संघीयताको पहिचान झल्किने नम्बर प्लेट हटाएर अव्यवहारिक तथा अवैज्ञानिक निर्णय गरेको भन्दै आपत्ति जनाएको छ । उक्त निर्णय जनतालाई विभिन्न बहानामा कर उठाउने र दुःख दिने नियतका साथ ल्याइएको ठहर गर्दै तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरिएको छ।

त्यसैगरी बैठकले सामाजिक सुरक्षा कोष यातायात मजदुरको भविष्यसँग प्रत्यक्ष जोडिएको भन्दै यसलाई शीघ्र कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ। यसका लागि दाङ जिल्लामा रहेका सम्पूर्ण यातायात प्रालिलाई ज्ञापनपत्र बुझाउने निर्णय समेत बैठकले गरेको छ।