
काठमाडौँ, १७ असार ।
तनहुँको आबुखैरेनीबाट त्रिशूलीमा हाम फाल्न खोजेका एक जना युवकलाई प्रहरीले उद्धार गरेको छ । आबुखैरेनी–४ स्थित पुरानो मुग्लिङ पुलको लट्ठाबाट त्रिशूलीमा हाम फाल्न खोजेका युवकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी द्वारिका घिमिरेले बताए ।
इलाका प्रहरी कार्यालय आबुखैरेनी र अस्थायी प्रहरी पोष्ट पुलजिपको टोलीले ३२ वर्षीय युवकको उद्धार गरेको हो । मानसिक रूपमा विक्षिप्त रहेका युवक दाङका हुन् । उनले आफ्नो नामक कहिले आशिष र कहिले दीपक बताउने गरेका छन् । उनी सो क्षेत्रमा ज्याला मजदुरी काम गरेर बस्दै आएका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय आबुखैरेनीले अनुसन्धान गरिरहेको छ ।



लाइभदाङ । १७ असार २०८३, बुधबार १७:१० बजे