प्रमुख प्रशासकिय अधिकृत मल्लको धादिङ सरुवा

निराश पाण्डे
शान्तिनगर, ६ जेठ ।
पश्चिम दाङको शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीष्म कुमार मल्लको धादिङको थाक्रे गाउँपालिकामा सरुवा भएको छ। आइतबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका कर्मचारीले अधिकृत मल्ललाई बिदाइ गरेका छन्।

अधिकृत मल्ल गएको मंसिर १८ गते प्युठान नगरपालिकाबाट सरुवा भइ शान्तिनगर गाउँपालिकामा प्रमुख प्रसासकियको जिम्मेवारी सम्हाल्नु भएको थियो। अधिकृत मल्लको शान्तिनगरमा यो दोस्रो कार्यकाल हो।आफू साढे पांच महिना सम्म शान्तिनगरमा रहदा सबै कर्मचारी र जनप्रतिनिधिसंग राम्रो व्यवहार भएको बताउदै अधिकृत मल्लले सरुवा बढुवा कर्मचारीको नियमित प्रक्रिया भएको बताउनु भयो।


चालू आर्थिक वर्ष २०८०/८१ को अन्यतिर अधिकृत सरुवा हुदा बिकास निर्माणका कामका योजनाहरुको भुक्तानी र सम्झौता गर्नमा केही दिन समस्या आउने जनाइएको छ। नयाँ प्रमुख प्रशासकिय अधिकृत को आउने भन्ने कुरामा अहिलेसम्म कुनै जानकारी नभएको पनि अधिकृत भीष्म कुमार मल्लले जनाउनु भएको छ।

डेढ वर्षको अन्तरालमा शान्तिनगर गाउँपालिकामा तीन जना प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको छ। प्रमुख प्रसासकिय अधिकृतको सरुवा भए पछि शान्तिनगर गाउँपालिकाको नयाँ प्रमुख प्रसासकिय अधिकृत नआउँदासम्म निमित्त प्रमुख प्रशासकियको जिम्मेवारी लेखा भण्डारीले सम्हाल्ने हुनु भएको छ।