
दाङ,१६ असार ।
तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका माधव भुषालको हराएको मोटरसाइकल प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।
आइतबार राति भुषालको रा.६ प ९२५७ नम्बरको मोटरसाइकल हराएको भन्ने सूचना इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्राप्त भएपछि प्रहरी टोली खोजतलास तथा अनुसन्धानमा खटिएको थियो।
प्रहरीले अनुसन्धानका क्रममा तुलसीपुर उपमहानगरपालिका–१२ स्थित राप्ती बबई क्याम्पस पछाडिको ग्राउण्डभन्दा तल रहेको खोल्सामा मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारेको थियो।
फेला परेको मोटरसाइकल आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित धनी माधव भुषाललाई बुझाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



लाइभदाङ । १६ असार २०८३, मंगलवार २१:५५ बजे